मंगलसेन नगरपालिका द्धारा वडा नम्वर ४ मा ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु

होम साउद, अछाम १ असोज
मंगलसेन नगरपालिकाले ब्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणाली मार्फत सुरु गरेको छ । वडानम्वर ४ बाट औपचारीक रुपमा अनलाईन घट्ना दर्ता कार्य सुरु गरिएको हो ।
बिद्युतिय शासन प्रर्बद्धनमा जोड दिने लक्ष सहित ब्याक्तिगत घट्ना दर्ता कार्यलाई अनलाईन प्रणाली मार्फत गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
हाललाई ईन्टरनेटको पहुँच पुगेका वडामा अनलाईन प्रणाली मार्फत ब्याक्तिगत घट्ना दर्ता कार्य गरिने र आगामि दिनमा अन्य वडामा पनि बिस्तार गरिने नगरपालिकाले जनाएको छ ।
जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै नगरप्रमुख पदमबहादुर बोहराले अथक प्रयास पछि वडानम्वर ४ लाई अनलाईन प्रणाली मार्फत घट्ना दर्ता सुरु गर्न सफल भएकोमा एम आई एस कर्मचारी र वडा कार्यालयलाई धन्यवाद दनिुभयो ।
नगरमार्फत प्रवाह हुने सबै प्रकारका सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन अनलाईन प्रणाली प्रभावकारी हुने विश्वास ब्याक्त गर्नुभयो ।
अन्य वडामा पनि ईन्टरनेटको पहुँच विस्तार गरि अनलाईन घट्ना दर्तालाई ब्यावस्थित बनाईने बताउनुभयो । परिवर्तित परिस्थितीलाई मध्यनजर गरेर अन्य शाखाका काम कार्यलाई पनि जिम्मेवारीपूर्वक छरितो र सेवाग्राही मैत्री बनाउन आग्रह गर्दै बोहराले उत्कृष्ट र नमूना नगर बनाउन सबैको प्रयत्न आवश्यक हुने बताउनुभयो ।
प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, वडानम्वर ४ का अध्यक्ष पदम बहादुर धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्टोरकिपर नरेश बहादुर कठायत लगायतको सहभागिता रहेको नगरपालकिाका एम आई एस अपरेटर होम साउदले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस