स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछाम परिसर सरसफाई

होम साउद, अछाम २ असोज ।

अस्पताल स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा सरसफाई कार्यक्रम गरिएको छ ।

अछाम अस्पतालको ५४ औं स्थापना दिवसको अवसर पारि अस्पताल परिसरमा सरसफाई गरिएको हो ।

जिल्ला अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल र कार्यालय प्रमुख मनोज बिष्ट सहित स्वास्थयकर्मीहरुको संलग्नतामा अस्पताल परिसरमा सरसफाई गरिएको थियो ।

२०२३ साल असोज २ गते अछाम जिल्ला अस्पताल स्थापना भएको अवसरमा स्वास्थ्यकर्मीहरु मार्फत रचनात्मक र सकारात्मक कार्य गरिएको अस्पताल ब्यावस्थापन समिति अध्यक्ष खनालले बताउनुभयो ।

आगामि वर्षमा पनि अस्पतालको स्थापना दिवसका अवसरमा रचनात्मक कार्यलाई निरन्तरता दिईने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker