Techie IT

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु 


कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।

डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!