Techie IT

कमलबजार नगरपालिकाका नगरप्रमुख बिष्टलाई कोरोना


जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण भएको छ ।

नगर प्रमुख ओमप्रकाश बिष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो ।

बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा भएको परिक्षणमा नगर प्रमुख बिष्टलाई कोरोना देखिएको कमलबजार पिसिआर परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएपछि नगर प्रमुख बिष्टले सामाजिक सञ्जाल मार्फत आफु नजिक र आफ्नो सम्पर्कमा आएकाहरु लाई सुरक्षित रहन आग्रह गरेका छन् ।

साथैे बिष्टले आफु सुरक्षित साथ होम क्वारेण्टाईनमा बसेको र लक्षण समेत खास्सै नरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस