Techie IT

भाडेगडामा बाटो सरसफाइ


आफ्नो गाउँ आफै बनाऔँ भन्ने मूल नाराका साथ मंगलसेन नगरपालिका वडा नम्बर ५ भाडेगडामा बाटो सरसफाइ गरिएको छ ।

नमुना युवा समाजले शुभ दिपावलीको अवसरमा टोलमा रहेका बाटो सरसफाइ गरेको हो ।

नमुना युवा समाजका अध्यक्ष राजेश सुनारको नेतृत्वमा बाटोघाटो सरसफाइ गरिएको बताइएको छ ।

सरसफाइ कार्यक्रममा युवा समाजका उपाध्यक्ष कपिल कुमार विश्वकर्मा कोषाध्यक्ष लोक सरा सुनार महासचिव जगत परियार सहसचिव मिना सुनार लगायत सहभागी हनु भएको थियो ।

नमुना युवा समाजले आगामी दिनमा सामाजिक कुसंस्कार,कुप्रथा विरुद्ध आवाज उठाउँदै सामाजिक कार्य जारी राख्ने अध्यक्ष राजेश सुनारले बताउनु भएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस