कमलबजार नगरपालिका २ हप्ताको लागि शिल

 

अछामको कमलबजार नगरपालिका दुई हप्ताका लागि शिल गरीएको छ ।

कोरोना भाईरस कोडिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकालाई शिल गरीएको हो । पछिल्लो समयमा अछाममा कोरोनाको संक्रमण दिन प्रतिदिन भयाहव रुपमा समुदाय स्तरमा रुपमा फैलिरहेकोले आईतबार राती १२ बजे देखि लागु हुने गरी नगरपालिका शिल गरीएको कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिशरण ढकाल बजगाँईले बताउनुभयो ।

आइतबार देखी लागु हुने बन्दाबन्दी पौष ४ गते राति १२ बजे सम्म लागु हुने नगरपालिकाले जनाएको छ । अति आवश्यक सेवा बाहेक कमलबजार नगर क्षेत्र बन्द गरिएको नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाँईले बताउनुभयो । यस्तै नगर स्तरिय संकट ब्यबस्थापन केन्द्रका संयोजक समेत रहनुभएका बजगाँईको अध्यक्षतामा बसेको बैठकले कमलबजार बजार क्षेत्र भित्रका अति आवश्यक, खाध्यान्न तथा तरकारी पसल, दुध डेरी, इन्धन पसल, सिमित समय बिहान ७ बजे देखि १० बजे सम्म खोल्न पाइने निर्णय गरेको छ ।

यस्तै नगरपालिका भित्रका सामुुदायिक तथा निजि शैक्षिक संस्था पठन पाठन कार्य पनि पूुर्णरुपमा बन्द गरीएको छ । नगरकार्यपालिकाको कार्यालय र वडा कार्यलयबाट समेत प्रदान गरीने अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिका भित्र संचालित स्वास्थ्य संस्थाहरुबाट पनि आकस्मिक बाहेकका अन्य सेवाहरु समेत सिल अवधिभर प्रदान नहुने भएका छन् ।

बैठक मार्फत भिडभाड नर्गन नगराउन आग्रह गर्दै स्वास्थ्य सुुरक्षाका मापदन्ड अपनाई, मास्कको अनिबार्य प्रयोग गर्न, सार्बजनिक यातायातका साधनलाई समेत बिच बजारमा नरोकी बसपार्कबाटै आवत जावत गर्न आग्रह गरिएको छ । यदि त्यसो नगरिएमा १०० रुपयाँ जरिवाना समेत लाग्ने जनाईएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker