दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
क्याटेगोरी : समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस