अछाममा मङ्गलवार ३ जनामा कोरोना पुष्टि

अछाममा मङ्गलवार ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिकाका २ जना पुरुष र दैलेखको आठविस नगरपालिकाका १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कमलबजार प्रयोगशालामा गरिएको परीक्षणका क्रममा साँफेबगरका ४४ र ४० वर्षका २ जना पुरुष र आठविस नगरपालिकाका २८ वर्षका १ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार ३ सय ८९ जनाको परीक्षण गरिएकोमा ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।