Techie IT

जब अञ्जु पन्तको न बिर्से तिमिलाई, न पाएँ तिमिलाई गीत सर्वोच्चमा प्रवेश गर्यो…………..


प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि बिहीवार ९आज० पनि बहस भइरहेको छ ।

संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको दाबीसहित परेका १३ वटा रिटमाथि माघको ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

बिहीवारको बहसको सुरुमा अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले खारेजीको माग गर्नुभएको छ । उहाँले अञ्जु पन्तको न बिर्से तिमिलाई, न पाएँ तिमिलाई गीत स्मरण गर्दै नेपालको संविधान न बिर्सन सकिने न संविधान पाए जस्तो महसुस गर्न सकिने पनि बताउनुभएको छ ।

यसैबीच प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बहस गर्ने अधिवक्ताले अब जम्मा १५ मिनेटको समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले एउटै अधिवक्ताले लामो समय लिएर बहस गर्दा सुनुवाइ निकै लामो समयसम्म जाने भएको भन्दै जम्मा १५ मिनेटको समय निर्धारण गर्नुभएको हो ।

गएको माघ ४ गतेदेखि बहस सुरु हुँदा समय निर्धारण गरिएको थिएन, केही दिनअघि आधा घण्टा समय तोकिएकोमा बिहीवार ९आज० देखि भने १५ मिनेट समय तोकिएको हो ।


क्याटेगोरी : समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!