Techie IT

लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि १ दिने गोष्ठी दर्नामा सम्पन्न


बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि १ दिने गोष्ठी कार्यक्रम दर्नामा सम्पन्न भएको छ ।

पञ्चदेवल अनुराग युवा सूचना केन्द्र को आयोजना तथा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसनी नियन्त्रणका लागि १ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

युवा सूचना केन्द्रका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर कडायत रहनुभएको थियो ।

विशिष्ट अतिथि कार्यपालिका सदस्य केशर बिक, अन्य अतिथिहरू कार्यपालिका सदस्य हिमसरा रावल थापा ,वडा सदस्य चङ्ख बहादुर रावत ,कमला टमट्टा , वडा सचिव तिलक ठकुल्ला, अपरेटर कैलाश बलायर शिक्षक भोज बहादुर धामी, लोग बि,क रहनु भएको ।

कार्यक्रम मा २६ जना युवा हरुको सहभागिता रहेको थियो ।

लागू पदार्थ दुर्व्यसनीका कारण यसका असरहरू नियन्त्रणका उपायहरू लगायत युवा सूचना केन्द्र को काम कर्तव्य को बारेमा छलफल तथा प्रशिक्षण गरिएको थियो सबै सहभागीले आफ आफ्नो अनुभव र जिज्ञासा राखेका थिए ।

युवा सञ्जालका सदस्य पूजा शाहको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सहायक गोकुल ठकुल्ला ले गर्नु भएको थियो


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस