Techie IT

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ


सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका(१ का २३ वर्षीय सञ्जय राना र त्यही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।


क्याटेगोरी : समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!