Techie IT

कुष्ठरोगीहरुलाई लुकेर नबस्न एन एल आर सुदूरपश्चिम संयोजक पन्तको आग्रह


एन एल आर संस्था सुदूरपश्चिम प्रदेशका फिल्ड संयोजक मुकेश पन्तले चेतनाको अभावमा सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरु बढ्दै गएको बताउनुभएको छ ।

उहाँले नेपालमा तिनौँ स्थानमा धेरै कुष्ठरोगी भएको प्रदेशमा रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिममा स्थानीय तहका जनप्रतिनिधीहरुले यो रोग निवारण गर्न खासै पहल गर्न नसकेको बताउनुभयो ।

आफ्नो संस्थाले प्रदेशमा कुष्ठरोगीहरुको अवस्थाका बारेमा खोज गर्दै उपचारको पहुँचमा पुर्याउन पनि पहल गरिरहेको बताउनुभयो ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै स्वास्थ्य संस्थाको सम्पर्कमा आउने कुष्ठरोगहरू भन्दा सरकारले खोजी नगरेको र समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने रोगीको सङ्ख्या झन् धेरै हुन सक्ने अनुमान गर्न सकिने बताउनुभयो ।

उहाँले लुकेर बसेका रोगीहरूको लागि सरकारले अहिलेसम्म ठोस कदम चाल्न नसकेकोले अब सवै सरोकारवालहरूले थप कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले आफूमा कुष्ठरोगको कुनै लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह गर्नुभयो ।

सङ्क्रमण आफूमा भएको थाहा पाउने बित्तिकै उपचारको पहुँचमा पुगेमा कुष्ठरोगबाट बच्न सकिने उहाँले सुझाव दिनुभयो ।

कुराकानी : एन एल आर संस्था सुदूरपश्चिम प्रदेशका फिल्ड संयोजक मुकेश पन्त


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस