बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना, धेरै ठाउँमा पानी पर्ने माैसमविद्को अनुमान

ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ ।
पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली प्रवेश गर्ने देखिएको छ ।
यो प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले यसबारे प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गर्ने तयारी गरेको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ । बालीनालीमा नोक्सानी पुगेको छ ।
केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन । यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र पहाडी जिल्लामा लागेको कुहिरो बिस्तारै हट्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस