दुनिमा अनलाईन ब्यक्तिगत घटना दर्ता सुरु

चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले प्रविधि सँग हातेमालो गरेर अघाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

आज मंगलबार वडा नम्बर ६ दुनिमा अनलाईन ब्यक्तिगत घटना दर्ता शुभारम्भ कार्यक्रममा बोल्दै उपाध्यक्ष कुँवरले सरकारको रणनिति अनुसार सरकारी काम काजलाई सरल ढंगले अघि वढाउनको लागि हरेक गतिविधिलाई अनलाईन बनाउदै आएकोले सेवा ग्राहिले प्रविधि अनुसार सेवा लिन आग्रह गर्नु भयो ।

वडा अध्यक्ष मने साउदको अध्यक्षतामा भएको कार्यक्रममा नवजात शिशु रोयल साउद र सम्राट साउदको जन्म दर्ता प्रमाण पत्र गाउँपालिका उपाध्यक्ष माया कुँवरले नवजात शिशुका आफन्तलाई हस्तान्तरण गरेर अनलाईन ब्यक्तिगत घटना दर्ता शुभारम्भ गरिएको छ ।

कार्यक्रम नेकपाका वडा कमिटी अध्यक्ष नन्द सिंह बिक, नेपाली काँग्रेस वडा समिति वीर बहादुर साउद, चौरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल साउद, एम आई एस अपरेटर कालुु सिंह बोहरा लगायतले मन्तब्य राख्नु भएको थियो ।

दुनि स्वास्थ्य चौकि ईञ्चार्ज मुकेश विकले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव देव बहादुर साउदले गर्नु भएको थियो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker