Techie IT

आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने


आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

काठामाण्डौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।


क्याटेगोरी : समाचार, समाज, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!