मँगलसेनका बिभिन्न वडाका ४४ परिवारलाई राहत वितरण

कमल रावल
मंगलसेन नगरपालिकाले गत भदौ २ गते अविरल वर्षा कारण बालि बगाएका पिडित किसानलाई राहत वितरणको थालनि गरेको छ ।
भदौ २ गते रातिको अबिरल बर्षा पछि कैलाशमा आएको बाढीले नगरका थुप्रै वडामा किसानको लगाएको धान बालि सहित पुरै खेत बगरमा परिणत गरेपछि नगरले तथ्याक संकलन गरि राहत वितरणको थालनि गरेको हो ।
मंगलसेन नगरपालिका प्रमुख एव विपद जोखिम न्युनिकरणा ब्याबस्थापन समिति संयोजक पदम बहादुर बोहरा नेतृत्वमा गएको टोलिले नगरका ३ वडाका ४४ घरपरिवारलाई खाद्यान्न स्वरुप चामल वितरण गरेको छ ।
वडा नम्बर ९, १० र ११ का किसानलाई बगाएको जमिनको क्षेत्रफलको आधारमा ५ रोपनि भन्दा कम बगाएका किसानलाई ६० केजि र त्यो भन्दा माथिका किसानलाई ९० केजि चामल हस्तान्तरण गरिएको हो ।
चामल हस्तान्तरण गर्दै नगर प्रमुख बोहराले किसानलाई क्षतिपुर्ति नभएर पिडित किसानलाई तत्कालका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको बताउनु भयो । नगरसँग पिडितका लागि राहत दिन छुट्टै कोष नभएपनि नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार आन्तरिक रुपमा बजेटबाट भएपनि किसानलाई राहत दिएको बताउनु भयो ।
तथ्याक संकलन गरि किसानका खति योग्य जमिन, घट्ट, सिचाई कुला,तटबन्ध लगाएत निर्माण गर्नुपर्ने पुर्बाधारलाई पुन निर्माण सहित क्षतिपुर्तिका लागि सम्बन्धित प्रदेश, केन्द्र सरकारसँग फाईल सहित पठाईसकेको बताउनु भयो ।
राहत वितरणमा वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावलले हरेक पिडित किसानका पीडा बारम्बार नगरप्रमुख जानकारी गराई रहेकाले अहिले राहत उपलब्ध भएको बताउनु भयो ।
वडा नम्बर ९ मा १८, १० मा २२ र ११ मा ४ परिवारलाई प्रत्येक वडामा पुगेर चामल किसानलाई हस्तान्तर गरिएको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी बिष्णु प्रसाद जैसिले जानकारी भयो ।
नगरप्रमुख बोहराको टोलिले वडा नम्वर १ देखि १४ सम्म कैलाशखोला छेउछाउको सबै खेतको अनुगमन गरि वडा मार्फत नगरमा आएका निवेदनका आधारमा राहत उपलब्ध गराईएको जानकारी दिनु भयो ।
प्रत्येक किसानको तथ्याक सहित दोहोरो सहित अनियमितता नहोस भनी किसानलाई राहत स्वरुप चामल दिईएको नगरपालिकाका विपद जोखिम न्युनिकरणा ब्याबस्थापन समिति सदस्य सचिव नरेश बहादुर कठायतले बताउनु भयो ।
जिल्ला खाद्य मार्फत चामल खरिद गरेर किसानलाई हस्तान्तरण गरिएको र वडा नम्बर १२ र १४ का किसानलाई भोलि वितरण गरिने जानकारी दिनु भयो ।
राहत वितरण सहित हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बोहरा सहित वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, ११ का अध्यक्ष डबल सिह भण्डारी, कार्यपालिका सदस्य ललिता रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी बिष्णु प्रसाद जैसि, विपद जोखिम न्युनिकरणा ब्याबस्थापन समिति सदस्य सचिव नरेश बहादुर कठायत, वडा नम्बर ९ का वडा सदस्य सीता विक, धनकला बोहरा, सुचना प्रबिधि अधिकृत पौरख कुमार बोगटि, वडा सचिव दिल बहादुर बोहरा, रेडियो रामारोशनका कमल रावल, कृषि प्राबिधिक सुरेन्द्र रावल,अक्षेता रावलको सहभागिता रहेको थियोे ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस