Techie IT

नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत


अछाम बहुमुखी क्याम्पसमा नव आगन्तुक कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा १२ का अनुशासित बिदायार्थी खकेन्द्र बुढाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि क्याम्पस प्रमुख छत्र बहादुर विष्ट रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै क्याम्पस प्रमुख विष्टले क्याम्पसले बनाएका नीति नियम तथा आचारसंहिताको पालना गरेर अगाडि बढ्न नव आगन्तुक विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो ।

क्याम्पसमा प्रोजेक्ट माध्यमाको प्रयोग गरी अध्यापन गराउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कक्षा १२ विद्यार्थी लोकसरा केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी नीराजन भण्डारीले गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस