नेपाल शिक्षक सङ्घ रामारोशनको चौथो प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक सङ्घ रामारोशन गाउँपालिकाको चौथो प्रतिनिधि भेला सम्पन्न भएको छ ।
रामारोशन गाउँपालिका शिक्षक सङ्घका अध्यक्ष भीम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भेलाले पालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न पहल गर्ने, नेपाल शिक्षक सङ्घका सदस्यहरूको सदस्यता नवीकरण गर्ने र शिक्षक सङ्घ सहकारी सदस्य सेयर वृद्धि गर्ने लगायतका निर्णय गरेको छ ।
भेलामा प्रमुख अतिथि शिक्षक सङ्घ सङ्घीय प्रतिनिधि काली बहादुर बुढा रहनुभएको थियो भने विशिष्ट अतिथि रामारोशन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खडक भण्डारी रहनुभएको थियो ।
भेलाका अन्य अतिथिहरू शिक्षक सङ्घ जिल्ला कार्यसमिति सदस्य सदस्य ललित शाह, पूर्व जिल्ला कार्यसमिति सदस्य राम बहादुर रावल, शिक्षक माहासंघका उपाध्यक्ष गोपाल सिंह रावल, शिक्षक बचत तथा रिण सहकारी संस्थाका संयोजक खकेन्द्र प्रसाद खनाल, महिला शिक्षक समाज जिल्ला कार्यसमिति सदस्य जनाकी शाह, पूर्व महिला विभाग जिल्ला कार्यसमिति उपाध्यक्ष ईश्वरी शाह लगायतको सहभागिता रहेको थियो ।
नेपाल शिक्षक सङ्घका अर्थ सचिव हरि प्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन निरक शाहले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस