थप १०२ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभरबाट १०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हाल ६५ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको पिसिआर परीक्षण भएको थियो ।
मन्त्रालयले हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस