कोरोनाबाट मृत्यु हुनेको संख्या थपियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकाको कुल संख्या सच्याएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को छानबिन समितिको प्रतिवेदन अनुसार कोरोनाबाट मृत्यु भएकाको संख्या ६१८ थपिएको हो ।

कोरोनाबाट बुधबार १ जनाको मृत्यु भएको र विगतमा नमिलेको तथ्यांक सच्याउँदा ६१८ मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।

डा. गौतमका अनुसार घरमा मृत्यु भएकाको पीसीआर रिपोर्ट पोजिटिभ भएको, कतिपयमा कोरोनाको लक्षण देखिएकाले पनि मृतकको संख्या थपिन गएको हो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker