देशभर थप ११२ जनामा कोरोना संक्रमण, थप ८४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker