नेपाल शिक्षक सङ्गठन मेल्लेखको बैठक सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मेल्लेखको बैठक विभिन्न निर्णय गर्दै मेल्लेखमा सम्पन्न भएको छ ।
अखिल नेपाल शिक्षक सङ्गठन मेल्लेखका अध्यक्ष भिमप्रसाद उपाध्याको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अर्थ सचिव भीम बहादुर साउद रहनु भएको थियो ।
साउदले बैठकमा बोल्दै शिक्षकका हक हित र शैक्षिक क्षति उकास्न शिक्षाका पेसागत सङ्घ सङ्गठन हरुले एकता बद्ध भएर जानू पर्ने बताउनुभएको छ । यस्तै बैठकमा सदस्यता नवीकरण मासिक लेबर को विषयमा छलफल पनि गरिएको छ ।
बैठकमा शैक्षिक गुणस्तर वृद्धि र पेसागत हकहितको लागि आगमि दिन मा रणनीतिक कार्य योजना बनाइ अघि बढ्ने लगायतका निर्णय गरेका छन् ।
गाउँपालिका बाट हुने शैक्षिक गतिविधि मा समन्वय सहकार्य शैक्षिक आवश्यकता पहुँच मा वृद्धि गर्न गाउँपालिकामा आग्रह गर्ने लगायतका निर्णय गरिएका छन् ।
बैठकमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कमिटी सदस्य मनि राज महर, पूर्व जिल्ला कमिटी सदस्य खम्म महर लगायतको सहभागिता रहेको बैठक को सञ्चालन सङ्गठनका सचिव इन्द्रबहादुर साउदले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस