शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम जयगढमा सम्पन्न

शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।
बान्निगढी जयगढ गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला प्रहरी कार्यालय अछाम, बान्निगढी जयगढ गाउँपालिका इलाका प्रहरी कार्यालय जयगढ, जयगढ बजार व्यवस्थापन समिति,र कर्मचारी लगायत स्थानीय बासिन्दा बिच जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह, सरसफाइ, बजार अनुगमन, सार्वजनिक यातायातको दुरुपयोग, छाउपडी कुप्रथा लगायतका विषयमा स्थानीय तथा सरोकारवालहरुसंग छलफल तथा अन्तर्क्रिया गरिएको हो ।
कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, व्यापारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले अछाम जिल्लामा नागरिकता सचेतनाको नाममा सेवाग्राहीलाई दुख दिएको गुनासो गरेका थिए ।
यस्तै अन्य सहभागीले छाउ प्रथा नियन्त्रणमा अझै पनि जनचेतनाको अभावले छाउगोठ मुक्त समाज निमार्ण गर्न समस्या भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले अछाम जिल्लामा आफू आइसकेपछि धेरै उदाहरणीय कार्यको थालनी गरेको बताउनुभयो । छाउगोठ मुक्त समाज निर्माण गर्न स्थानीय नै अग्रसर हुनुपर्ने बताउनुभयो ।
बाइट : प्रमुख जिल्ला अधिकारी उपाध्याय
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस