Techie IT

वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको चौरपाटीमा सार्वजनिक सुनुवाई


सेती नदी ६ जलाशययूक्त आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाई चौरपाटी सम्पन्न भएको छ ।

नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय विद्युत विकास विभाग सानो गौरचरण काठमाण्डौको आयोजनामा चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिका स्थानिय सरोकारवालासँग अन्तरक्रिया सँगै सार्वजनिक सुनुवाई गरिएको हो ।

वातावरण अध्ययन कार्य टोली प्रमुख डा।ज्योती प्रसाद गजुरेलले आयोजना निर्माणका लागि हालको अवस्थामा रु। ९१ अर्ब रकम आवश्यक रहेको भन्दै मुआब्जाका लागि मात्र रु। ४५ करोड बढी रकम वितरण हुने बताउनु भयो ।

डाक्टर गजुरेलले वातावरणिय अध्ययनबाट अछाम र डोटीका विभिन्न स्थानिय तहका ८८४ घरदुरीमा प्रत्यक्ष असर पर्ने देखिएकाले सबै घरधुरीलाई सरकारले उचित ब्यवस्थाका साथ मुआब्जा दिने बताउनु भयो ।

आयोजना निर्माण गर्दा हालको अवस्थासम्म १ लाख ४१ हजार रुख काट्नु पर्ने, थुप्रै खेती योग्य जमिन, पानी घट्ट, गाईगोरु गोठ समेत डुबानमा पर्ने भएकोले सरकारले सबैको क्षतिपूर्ति दिने बताउनु भयो ।

विद्युत विकास विभागका ईञ्जिनियर राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद रहनु भएको थियो । प्रमुख अतिथि साउदले आयोजनाबाट क्षती हुन जाने सम्पूर्ण समुदायका लागि ब्यवस्था मुआब्जा दिने भन्दै आयोजनालाई निर्माणका लागि स्थानिय बासिले सहयोग आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले आयोजना निर्माण गर्दा जिल्लाका चौरपाटी गाउँपालिका वडा नं। ०४ को तल्ला क्षेत्र र मंगलसेन न।पा।का १,२,३ वडाका तल्लो क्षेत्र समेत जोखिममा पर्न सक्ने भन्दै जोखिम क्षेत्र थप गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य राम बहादुर थापा, नेपाली काँग्रेस चौरपाटी गाउँपालिका सभापती गणेश बहादुर शाह, चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा लगायतले मनतब्य राख्नु भएको थियो ।

परामर्श दाता सविन भण्डारीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन चौरपाटी गाउँपालिकाका एमआईएस अपरेटर कालु सिंह बोहराले गर्नु भएको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!