पञ्चदेवल विनायक नगरपालिकामा युवा व्यवसायीको पहलमा चप्पल उद्योग स्थापना

पञ्चदेवल विनायक नगरपालिकामा युवा व्यवसायीको पहलमा चप्पल उद्योग स्थापना भएको छ । उद्योगको एक कार्यक्रमका बीच आज बिहीबार उदघाटन गरिएको हो।
नगरपालिकाको मुख्य व्यापारिक केन्द्र विनायकमा स्थापित रुइन चप्पल उद्योगको उदघाटन ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग सेवा केन्द्र अछाम शाखा प्रमुख ब्रह्माकुमारी कविताले गर्नुभएको हो । कार्यक्रममा विशिष्ट अतिथि पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख अम्बिका चलाउने रहनुभएको थियो ।
नगरपालिकाका रोजगार संयोजक भरतराज अधिकारी र कृषि शाखा प्रमुख महाजित विक सञ्चालक रहेको उद्योग स्थापनाको मुख्य उद्देश्य स्थानीय स्तरमा सुलभ ढंगमा वस्तु उत्पादन गर्नु र रोजगारी सिर्जना गर्नु रहेको बताइएको छ ।
कार्यक्रममा उद्योगबाट चप्पल उत्पादन हुने प्रक्रियाबारे उत्पादन कर्मचारी चन्द्रप्रसाद अधिकारी र धर्मराज अधिकारीबाट नमुना प्रदर्शन गरिएको थियोे ।
हाल उद्योगमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएको र आगामी दिनमा सोभन्दा बढी संख्यामा रोजगारी सिर्जना गर्ने सञ्चालक अधिकारीले बताउनुभयो ।
अछामका बजारहरुदेखि दैलेख र कालीकोटसम्म पनि सेवाक्षेत्र समेटी उद्योगको बजार विस्तार गर्ने लक्ष्य लिइएको सञ्चालक विकले बताउनुभयो ।
कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी, उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस