देशभर थप ६० जनामा कोरोना पुष्टि, थप दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६२ जनाको पिसिआर परीक्षण भएकोा थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १२ हजार ७ सय ९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार १४ पुगेको छ। हाल ४९ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।