मंगलसेनका मेलमिलापकर्तालाइ जिम्मेवारी प्रदान

होम साउद
मंगलसेन नगरपालिकाले नगरको मेलमिलाप समितिमा सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण सहित जिम्मेवारी प्रदान गरेको छ ।
मेलमिलाप कार्यविधि (२०७७ अन्तरगत रही नगरले ५ जना मेलमिलापकर्ताहरुलाइ सूचिकृत गराई जिम्मेवारी समेत प्रदान गरिएको हो । न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
नेपालको संविधान अन्तरगत स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ बमोजिम गठित न्यायीक समितिलाई कार्यसम्पादन गर्न सहजताका लागि मेलमिलाप सहजकर्ताको व्यवस्था गर्न नगरले कार्यविध बनाइ कार्य अघि बढाएको छ ।
मेलमिलापकर्ताहरुलाइ नगरप्रमुख बोहराले टिकाग्रहण गराइ मेलमिलाप कार्यविधि हस्तान्तरण गर्नुभएको थियो भने उपप्रमुख उपाध्यायले मेलमिलापकर्तालाइ सपथग्रहण गराउँनुभएको थियो ।
सपथग्रहण कार्यक्रममा न्यायीक मेलमिलाप समिति सदस्य तथा वडा नम्वर ३ का अध्यक्ष पदमसिंह भाट, सामाजिक विकास समिति संयोजक तथा ४ नम्वर वडा अध्यक्ष पदम धामी, सुशासन समिति संयोजक तथा ६ नम्वर वडा अध्यक्ष जनकराज भण्डारी, वडानम्वर १३ का अध्यक्ष प्रेम बहादुर थापा र एम आइ एस अपरेटर होम बहादुर साउदको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समिति उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नुभएको थियो ।
यसैविचः गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडानम्वर ३ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ । वडा अधयक्ष पदमसिंह भाटको अध्यक्षतामा तालिमको औपचारीक उदघाटन गरिएको हो ।
तालिम उदघाटन गर्दै वडा अध्यक्ष भाटले तालिमबाट सिप सिकेर उद्यमि बन्न सहभागीलाई आग्रह गर्नुभयो । उदघाटन कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु जैशीले मन्तब्य राख्नुभएको थियो भने एम आइ एस अपरेटर होम साउद, तालिम प्रशिक्षक शान्ती खड्का, र पशु प्राविधिक पुजा बिष्ट अतिथि रहनुभएको थियो ।
मेड्पा कार्यक्रमका सम्पर्क ब्यक्ति एकेन्द्र बोगटीले तालिमको लक्ष उदेश्य बारे जानकारी गराउनुभएको तालिम उदघाटन कार्यक्रमको संचालन वडा सचिव बालकृष्ण ढुंगानाले गर्नुभएको थियो ।
यस्तै, मालिका विकास संघ अछामको आयोजनामा मंगलसेन नगरपालिकाका विषयगत समितिहरुसंगको संयुक्त बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा विषयगत समितिका बैठक, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा नगरप्रमुख बोहराले विषयगत समिति आफ्नो क्षेत्राधिकारका विषयमा जानकार भएमा जनविश्वास बढ्ने बताउनुभयो ।
बैठकमा नगरपालिकाको बिभिन्न विषयगत समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी विष्णु जैशीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस