वडाको विकासका लागी सबै सँग सहकार्य गर्छु : वडा अध्यक्ष साउद

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०७६।७७ को बार्षीक निति तथा कार्यक्रमको सार्वजनिक सुुनुवाई गरिएको हो ।
वडा अध्यक्ष नेत्र बहादुर साउँदको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले बिकास निर्माणका कार्यलाई पारदर्शी रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
वडामा संचालन हुने बिकास निर्माणका कार्य पारदर्शी तथा गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागी जनप्रतिनिधिले आम नागरिकहरुसंग सहकार्य गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुको भनाई थियो ।
वडामा संचालन हुने बिकास निर्माणका योजना छनोट गर्नु पुर्व आवश्यकता तथा नागरिकको सुझावका आधारमा छनोट गर्नुपर्ने सहभागीको जोड छ ।
कोरोना कहरका समयमा भारत लगायत ठाउँबाट गाउँ फर्किएका नागरिकहरुको व्यवस्थापनमा वडा अध्यक्ष साउँद लगायत जनप्रतिनिधिले खेलेको भुमिकाको कार्यक्रमका सहभागीले खुलेर प्रशंसा गरेका थिए । यस्तै जनालीकोट वडाको बिकासका लागी वडाबाट संचालन हुने हरेका क्रियाकलापमा खुलेर सहयोग गर्ने सहभागीले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नेत्र बहादुर साउँदले जनताको सेवामा कुनै पनि कसुर बाँकी नराख्ने उद्धघोष गर्नु भएको छ । आफु वडा अध्यक्षमा निर्वाचित भएसंगै वडाको बिकास र जनताको सेवामा तल्लीन रहेको वडा अध्यक्ष साउँदको दावी छ ।
वडामा संचालन हुने बिकास निर्माणका कार्य नागरिकमैत्री तथा पारदर्शी रुपमा संचालन गर्न नागरिकसंग सहकार्य गरि अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।
वडा सदस्य,राजनितिक दलका प्रतिनिधि सरोकारवाला लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण पत्रकार धनराज साउँद र संचालन वडा सचिव मनोज रिमालले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस