पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक मंगलसेनमा सम्पन्न

पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको बैठकले बिभिन्न विषयमा छलफल तथा निर्णय पारित गरेको छ ।
बैठकले नेपाल सरकारले नगरको पोषण योजनाका लागि उपलब्ध गराएको ३२ लाख ६५ हजार ससर्त अनुदान र नगरपालिकाको ९ लाख समानिकरण अनुदान अनुमोदन सहित क्षेत्रगत बिनियोजन गरेको छ ।
जसलाइ सुशासन क्षेत्र, खानेपानी, शिक्षा, कृषि, पशुसेवा, महिला बालवालिका र स्वास्थ्यका क्षेत्रमा बिनियोजन गरिएको छ । बैठकमा आफ्नो धारणा राख्दै नगरप्रमुख पदमबहादुर बोहराले समुदाय स्तरमा पोषण प्याकेजलाई पुर्याँउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले गरेको लगानीबाट उपलब्धी प्राप्त गर्ने गरि काम हुनुपर्नेमा उहाँको जोड थियो । बैठकमा नगरलाइ पोषणयुक्त नगर बनाउनका लागि गर्नुपर्ने कामकार्यका बिविध पक्षबारे पनि छलफल भएको नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशीले बताउनुभयो ।
बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, १४ वटै वडाका वडा अध्यक्षहरु, नगरको सम्पूर्ण विषयगत शाखाका प्रमुख लगायतको उपस्थती रहेको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा सुआहारा कार्यक्रमका जिल्ला संयोजक लोक बहादुर नेपालीले बहुक्षेत्रीय पोषण को अवधारणाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नरेश बहादुर कठायतले गर्नुभएको एम आई एस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस