अछाममा भिर बाट लडेर ७ बर्षिय बालिकाको मृत्यु

अछाममा भिर बाट लडेर एक जना बालिकाको ज्यान गएको छ ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको चन्डाली निवासी ७ बर्षिय बालिका आयुशा ठकुल्लाको भिर बाट लडेर ज्यान गएको हो ।
स्थानिय जनक ठकुल्लाको छोरी आयुशाको बिहान घर बाट विध्यालय जाँदै गर्दा भिरबाटो भन्ने ठाउँ बाट करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते बालिका लाई उपचारका लागि बयलगडा अस्पताल लिने तयारी गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।
विध्यालय जाने क्रममा भिरमा काटेको सडकको छेउ बाट हिन्दै गर्दा खुट्टा चिप्लिएर भिर बाट लडेको प्रत्यक्षदर्सिले बताएका छन् ।
मृतक बालिका ऐश्वर्य माध्यामिक विध्यालय दर्नामा कक्षा २ मा अध्ययनरत थिईन । उनको आजै दाहस्कार गरिएको आफन्तले बताएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस