भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा मृत्यु

टेकराज भण्डारी
अछाममा भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा ज्यान गएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट निवासी भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको मृतकका श्रीमान वीर बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।
यही चैत्र ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर घाईते भएकी थिईन् । उहाँ स्याउँलाको ढोको उचाल्ने क्रममा चिप्लिएर ढोको सहित करिब एक सय मिटर तल खसेकी थिईन् ।
४४ बर्षिया घाईते भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचार गरिएको थियो ।
उहाँको हिजो राती ज्यान गएको उहाँका देवर लाल बहादुर ठकुल्लाले बताउनु भयो । भीरबाट लडेर उहाँको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।
मृतकको शव आज राती अछाम पुग्ने र भोली बुढीगंगामा दाहसंस्कार गरिने आफन्त हर्क ठकुल्लाले जानकारी दिनुभयो । मृतकका श्रीमान १ छोरी र २ छोरा छन् ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस