मंगलसेन नगरपालिका वडा नम्वर ३ र ५ मा उद्यमशिलता विकास तालिमको अनुगमन

मंगलसेन नगरपालिका वडा नम्वर ३ र ५ मा सञ्चालित उद्यमशिलता विकास तालिमको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्याय नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको छ ।
नगरपालिका अन्तरगत गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आयोजनामा भइरहेको तालिममा सहभागीलाइ व्यवसाय गर्नुपूर्व उद्यमशिलता सम्वन्धी जानकारी भइरहेको छ ।
अनुगमनका क्रममा नगर उपप्रमुख उपाध्यायले २ वटै वडाका स्थानीय महिला तथा पुरुषहरुलाई उद्यमशिलता प्राप्त गरिसकेपछी व्यवसाय गर्न प्रेरित गरिने बताउनुभयो ।
अनुगमन कार्यमा नगरपालिका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु प्रमुख बिष्णु जैशी, मेड्पा कार्यक्रमका सम्पर्क व्यक्ति एकेन्द्र बोगटी, एम आइ एस अपेटर होम बहादुर साउदको सहभागिता रहेको थियो ।
वडा नम्वर ३ को तालिमको शान्ती खड्का र ५ मा सञ्चालित तालिमको राम बहादुर बुढाले गरिरहनुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस