Techie IT

अछाममा चट्याङ लागेर ४ जना घाइते


अछाममा चट्याङ लागेर एक बालिकासहित चार जना घाइते भएका छन् ।

मेल्लेख गाउँपालिका–७ रिठा गाउँस्थित एक घर नजिक चट्याङ पर्दा वर्ष ४० र २६ का दुई महिला, वर्ष २० का एक पुरुष र वर्ष १० की एक बालिका घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो वर्ष मात्रै चट्याङका २४० घटना भएकोमा ६८ जनाको मृत्यु भएको छ भने २४० जना नै घाइते भएका छन्।

७१७ चौपायाको मृत्यु भएको छ भने एक अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!