पिकनिक गएका वडाध्यक्षको मृत्यु, सात जना नियन्त्रणमा

कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु भएपछि सात जनालाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए ।
वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने सुनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले बताए । घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल पु¥याइएको थियो । अस्पतालले मृत्त घोषणा गरेको थियो ।
घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।-दृष्टिबाट
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस