नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण

नेपालमा २४ घण्टामा गरिएको परिक्षणमा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।
२४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ रहेको छ ।