विराटनगरमा एक पुरुषको हत्या

विराटनगरमा एकजना पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।
घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।
घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।
मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।अनलाइन खबर
क्याटेगोरी : समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस