Techie IT

विद्यार्थी परिषद् मंगलसेन नगर इकाईको बैठक सम्पन्न


प्राज्ञिक विद्यार्थी परिषद् मंगलसेन नगर इकाईको नियमित बैठक सम्पन्न भएको छ ।

मंगलसेन नगर इकाईका नगर अध्यक्ष जय बोगटीको अध्यक्षतामा सम्पन्न बैठकले नयाँबर्ष २०७८ सालको शुभकामना आदानप्रदान सँगै आठौँ राष्ट्रिय अधिवेशनको समीक्षा लगायतका विषयमा छलफल गरिएको छ ।

बैठकले चैत्र ३१ गते साँझ मंगलसेन खुल्ला मञ्चमा दीप प्रज्वलन गर्दै नयाँ वर्ष २०७८ सालको स्वागत गर्ने, विद्यार्थी परिषद्को राष्ट्रिय कार्यक्रम अन्तर्गत वैशाख १८ गते विद्यार्थी दिवसको अवसरमा मंगलसेन बजार परिसर सरसफाइ गर्ने र विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा परिषद्का केन्द्रीय सदस्य एवम् अछाम जिल्ला संयोजक गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाबमूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस