Techie IT

नेपाल युवा परिषद् अछामको नयाँ बर्ष २०७८ शुभकामना आदानप्रदान


नेपाल युवा परिषद् जिल्ला शाखा अछामको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अछाम जिल्लाका युवालाई विभिन्न सामाजिक कार्यमा जोड्दै आत्मनिर्भर बनाउन पहल गरिरहेको नेपाल युवा परिषद्ले नयाँ वर्षको अवसरमा आज सदरमुकाम मङ्गलसेनमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

अछाम जिल्ला संयोजक तपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य हर्क साउद, अतिथि उपाध्यक्ष सिर्जना साउद लगायतको सहभागिता रहेको थियो ।

नेपाल युवा परिषद्ले जिल्लाका हानिकारक अभ्यासलाई निर्मूल पार्दै युवालाई सुसूचित गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस