देशभर थप पाँच संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौँ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार६०१ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४ पुगेको छ।
आज देशभर ४१० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ७६ हजार ५७५संक्रमित निको भइसकेका छन्।
देशभर ७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्ठामा पाँचजना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या तीनहजार १२२ पुगेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस