प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य जटिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।
सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न,’ स्रोतले भन्यो, ‘दिसा–पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्छ ।’
दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने डा. प्रत्युष श्रेष्ठ बताउँछन् ।
सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ । यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस