Techie IT

अछाममा निषेधाज्ञा १० दिन थप, सङ्क्रमण नियन्त्रण बाहिर


कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा थप १० दिन लम्बिने भएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

आज राती १२ बजेदेखि सुरु भई जेठ १२ गते राती १२ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रुद्ध बहादुर मल्ले जानकारी दिनुभयो ।

अछाममा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १९ गते मध्य रातिदेखि पहिलो पटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस