मंगलसेन नगरपालिकाद्धारा प्रयोगशालालाई थप ५ लाख सहयोग

अछामको कमलबजार पिसिआर प्रयोगशालालाई मंगलसेन नगरपालिकाले थप ५ लाख सहयोग गरेको छ ।
नगरपालिकाले ५ लाख रुपयाँको चेक आइतबार कमलबजार पिसिआर प्रयोगशालालाई हस्तान्तरण गरेको हो ।
जिल्लामा एक मात्र पिसिआर प्रयोगशालाको नियमित सञ्चालनमा सहयोग पुगोस् भन्ने हेतुले थप पाँच लाख सहयोग गरेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
जिल्लामा कोरोना परीक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित सञ्चालनका लागि सहयोग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।
मंगलसेन नगरपालिकाले यसअघि समेत ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस