नगरप्रमुख बोहराद्वारा प्रकोप व्यवस्थापन कोषमा एक लाख ५ सय सहयोग

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले नगरको प्रकोप व्यवस्थापन कोषमा १ लाख ५ सय रकम सहयोग गर्नुभएको छ ।
नगरप्रमुख बोहराले १ लाख ५ सयको चेक कोषमा जम्मा गर्ने गरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नुभएको हो ।
कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने हेतुले आफूले कोषमा सहयोग गरेको नगरप्रमुख बोहराले बताउनुभयो ।
आफू कोरोना सङ्क्रमित भएर कोरोना बिमा वाफत प्राप्त गरेको रकममा आफूले पनि केही रकम थप गरेर प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएको उहाँको भनाइ छ ।
कोरोना सङ्क्रमित भएर पनि आफू अहिले स्वस्थ रहेको भन्दै सङ्क्रमित अन्य नागरिकहरूको ज्यान जोगाउन अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री खरिदमा सहयोग पुगोस् भन्ने चाहना रहेको बोहराको भनाइ छ ।
नगरप्रमुख बोहराले गत वर्ष पनि नगरपालिकाको कोरोना कोषमा १ लाख ५ सय सहयोग गर्नुभएको थियो ।
मंगलसेन नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसार नगरपालिकाका स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनमा खर्च गर्न सकिने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस