साँफेबगर नगरपालिकाले पिसिआर प्रयोगशालालाई थप ४ लाख दिने

अछामको साँफेबगर नगरपालिककाले पनि कमलबजार पिसिआर प्रयोगशालालाई थप ४ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यसअघि प्रयोगशालालाई ५ लाख सहयोग गरेको नगरले आज थप ४ लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख कुलबहादुर कुवँरले बताउनुभएको छ ।
एकमात्र पिसिआर प्रयोगशाला रहेको र सो प्रयोगशालालाई नियमित संचालनका लागि आर्थिक सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको नगर प्रमुख कुवँरको भनाई छ ।
कार्यपालिकाको ११ औँ बैठकले बयालपाटा अस्पताललाई पनि थप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख कुवँरको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यका सामाग्री खरिद गर्ने, कोभिड १९ सम्बन्धी जनचेतना जगाउने लगायतका निर्णय गरको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।
बैठकमा नगर उपप्रमुख बिर्मला बुढथापा, सबै वडाका वडाध्यक्ष लगायतको सहभागती रहेको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस