Techie IT

निषेधाज्ञामै रोकिएन सङ्क्रमण, अछाममा एकदैनि १५७ जनामा कोरोना पुष्टी


अछाममा बुधबार एकैदिन १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणमा ३१ जना महिला र १ सय २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

जसमा कमलबजार नगरपालिकाका मात्रै १८ महिला र ६२ पुरुष गरी ८० जना रहेका छन् ।

यस्तै तुर्माखाँद गाँउपालिकाका ६ महिला र १३ पुरुष गरी १८ जना, मंगलसेन नगरपालिकाका ३ महिला र ९ पुरुष गरी १२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उनका अनुसार मेल्लेख गाँउपालिकाका ४ महिला र ४२ पुरुष सहित ४६ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!