बझाङ्गमा हिउँ परेपछि यार्सा संकलकहरू गाउँ फर्कदै

बझाङ्गमा यार्सा संकलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा संकलकहरू गाउँ फर्किन थालेका छन् ।
वैशाखको पहिलो साता यार्सा संकलनका लागि लेक पुगेका स्थानीयवासीहरू सो क्षेत्रमा हिउँ परेपछि घर फर्किन थालेको साइपाल गाउँपालिकाका गोबिन्द बोहराले बताउनुभयो ।
सुर्मा गाउँपालिकाको धाना, वारी कुण्ड चुवाबन, पल्लो खोलालगाएत बुंगल नगरपालिका र साइपाल गाउँपालिकाको यार्सा संकलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा संकलन गर्न गएकाहरू घर फर्किन थालेका हुन् ।
केही दिन घर बसेर उनीहरू हिउँ पग्लिन थालेपछि पुनः यार्सा संकलनका लागि लेकतिर जाने यार्सा संकलकहरूले बताएका छन् ।
यस वर्ष जलवायु परिवर्तनका कारणले पनि यार्सा संकलनमा कमी आएको बताइएको छ।
यार्सा पाइने ठाँउमा मानिसहरूको बाक्लो उपस्थिति हुनु र ती ठाँउमा विभिन्न प्लास्टिक, सिसा, जुत्ता, चप्पल, कपडा तथा फोहोरमैला बढेका कारण पनि यार्सा पाउने क्रम घटेको हो।
यार्सा संकलन गर्ने ठाँउमा फोहोरमैला नियन्त्रण गर्न बझाङ्गको एक गैरसरकारी संस्था सहारा नेपालले पहल सुरु गरेको संस्थाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस