रामकुमारी झाँक्रीको व्यंग्यात्मक टिप्पणीः ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर….’

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको कारबाहीबाट केही फरक नपर्ने बताएकी छिन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी कारबाहीले केही नगर्ने भन्दै व्यंग्यात्मक टिप्पणी गरेकी हुन् । ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’ उनले लेखेकी छन् ।
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गरेको आरोपमा बरिष्ठ नेताद्वय झलनाथ खनालसहित र माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
जसमा झाँक्री पनि परेकी छन् ।
क्याटेगोरी : समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस