Techie IT

नेता डा.रावलले गृह जिल्लामा पठाए स्वास्थ्य सामाग्री


पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले जिल्ला अस्पताल अछाम र बयलपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमण तथा जोखिममा अस्पताल आवश्यक अक्सिजन तथा स्वास्थ्य सामाग्री रावलले उपलब्ध गराउनु भएको हो ।

उपलब्ध सामाग्री जिल्लामा दुवै अस्पताललाई आइतबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पताललाई ५ थान उत्कृष्ट खालको १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटर, २ हजार थान सर्किजल मास्क, २० लिटर स्यानिटाइजर हस्तान्तरण गरिएको नेकपा एमाले अछामका कार्यालय सचिव नमराज न्यौपानेले बताउनु भयो ।

त्यसै गरी वयलपाटा अस्पताललाई पनि १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, २ हजार थान सर्किजल मास्क, २० लिटर स्यानिटाइजर हस्तान्तरण गरिएको छ ।

उक्त स्वास्थ्य सामाग्रीले दुइटै अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितहरूलाई अक्सिजन आपूर्तिमा ठुलो राहत पुग्ने र स्वास्थ्यकर्मीहरुलाइ समेत सहज हुनेछ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!