सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाएका छौँ : अधिकृत माझी

अछामको पञ्चदेवल विनायक नगरपालिकामा कोरोना परीक्षणको दायरा बढाइने भएको छ ।
दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि कोरोना परीक्षण दायरा बढाउने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिले जानकारी दिनुभयो ।
पछिल्लो केही दिनमा नगरपालिकाकाले विभिन्न वडाका गरी ३ सय ३३ जनाको स्वाब सङ्कलन गरेको जनाएको छ ।
रेडियो बान्निगढी सँग संक्षिप्त कुराकानी गर्दै अधिकृत माझिले जनचेतना सँगै सङ्क्रमित भई स्वास्थ्य अवस्था कमजोर भएका नागरिकको उपचारका लागि आइसोलेसन बेड पनि तयारी अवस्थामा रहेको बताउनुभयो ।
जिल्लामा कोरोना भाइरस विकराल रूपमा फैलिएर स्थिति भयावह बनेपछि नगरपालिकामा पनि सङ्क्रमितको सङ्ख्या उच्च हुनसक्ने तर्फ सचेत बन्दै परीक्षणको दायरा बढाउने उहाँले बताउनुभयो ।
परीक्षणको दायरा बढाइएपछि महामारीलाई नियन्त्रण गर्न सकिने विश्वास छ ।
सुनौँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिसंग गरिएको कुाकानी
क्याटेगोरी : समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस