Techie IT

मंगलसेनको कृषि हाटबजार १ हप्ताका सिल


कमल रावल

मंगलसेन बजारको कृषि हाटबजारलाई १ हप्ताका लागि सिल गरिएको छ ।

कोरोनाभाईरसको संक्रमण तथा जोखिम उच्च बिन्दुमा पुुगेका बेला हाटबजारका अधिकांश ब्यापारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछी मंगलसेन नगरपालिकाले १ हप्तासम्म पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

जेठ ९ गते संकलन गरेको स्वाबमा १२ गते प्राप्त रिपोर्टमा अधिकांशलाई पुष्टि भएको र हाटबजार आवातजावात बढि हुने क्षेत्र भएकाले जेठ १३ गते देखि २० गतेसम्म सिल गरिएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसिले बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस